Recent Updates
All Countries
  • हिजो खुलेको बीपी राजमार्गको यात्रा अनिश्चित, जोखिम भएकाले सकभर गाडी नचलाउन प्रहरीको अनुरोध
    काठमाडौं । १४ दिनपछि हिजो खुलेको बीपी राजमार्ग खुल्ने र बन्द हुने भइरहेको छ । काभ्रेको पिप्ले खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समस्या छ । हिजो बिहान केहीबेर खुलेको सडक ठूलो पहिरो आएपछि फेरि बन्द भएको थियो । फेरि खुलेपछि जोअम रहेको भन्दै सकेसम्म त्यो बाटो यात्रा नगर्न आग्रह गरिएको छ । सडक […]
    Read More
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक, के-के छन् विशेषता ?
    काठमाडौँ । एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’ सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘भी–रोबोट’ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एआई फिचरसहितको रोबोट ट्याक्सी सार्वजनिक गरेका हुन् । दुई सिटको स्टेयरिङ र पेडल दुवै नभएको यस ट्याक्सी ३० हजार डलरमा किन्न सकिने बताइएको छ । मस्कले सन् २०२७ अघि साइबर […]
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • जब टीकाको अघिल्लो दिन छोराको शव आयो
    तनहुँ । व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए । छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दशैं पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार […]
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • फोन पेबाट दक्षिणा दिँदा हजार रुपैयाँ क्यासब्याक पाउने अवसर
    काठमाडौँ । दक्षिणा दिँदा फोन पे डाइरेक्ट प्रयोग गर्ने प्रयोगकर्तामध्ये १०० जनाले हजार रुपैयाँ क्याशब्याक पाउने भएका छन् । नेपालीहरूको महान चाड विजया दशमीलाई लक्षित गर्दै कम्पनीले डिजिटल दक्षिणा प्रवर्द्धन गर्न यस्तो नीति ल्याएको हो ।   यसका लागि दक्षिणा दिँदा फोन पे डाइरेक्ट प्रयोग गर्नुपर्ने हुन्छ। फोन पे डाइरेक्ट मोबाइल बैंकिङ एपबाट सोझै मोबाइल नम्बरकै भरमा बैंक खातामा रकम...
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • आईपीएललाई संकटमा साथ दिएर २५०० करोडको कीर्तिमानी प्रायोजन गर्ने टाटा
    काठमाडौं । भारतका उद्योगपति रतन टाटाको निधनले विभिन्न क्षेत्र शोकमा डुबेको छ । दुरदृष्टि र परोपकारको पर्यावाची टाटाले आफ्नो जिवनकालमा खेल क्षेत्रमा उल्लेखनिय योगदान पुर्‍याए । रतनले आफ्नो कम्पनी टाटा ग्रूपमार्फत् धेरै क्रिकेटरहरुलाई सहयोग गरे । खटिन समयमा गुज्रिरहेका क्रिकेटरहरुको भविष्य तथा उदयमान खेलाडीलाई अघि बढाउन उल्लेख्य भूमिका खेले । युवा तथा उदयमान खेलाडीलाई प्रोत्साहन […]
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • जो कामका लागि दशैं बिर्सन बाध्य छन्…
    सोलुखुम्बु । दशैंका घमाइला दिन, जताततै रमाइलो । दशैं मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उनी फुलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिएका छन् । उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दशैंले भन्दा बढी जिम्मेवारीले थिचेको छ । त्यसैले होला फुलपातीका […]
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • टीका सुरु
    काठमाडौं । दशैंको टीका सुरु भएको छ । ११ बजेर ३६ मिनेट गएसँगै टीका सुरु भएको हो ।  
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • साइबर आक्रमणपछि इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय डाउन
    काठमाडौं । इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय र 'वेब्याक मेसिन' साइबर आक्रमणको शिकार बनेपछि केही दिनका लागि बन्द भएको छ । बुधबार ह्याकरले आक्रमण गरेपछि इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय 'इन्टरनेट आर्काइभ' डाउन भएको हो ।  इन्टरनेट आर्काइभका संस्थापक ब्रुस्टर कहलका अनुसार यो सेवा केही दिनभित्र पुनः सञ्चालन हुनेछ । यो आक्रमणपछि ह्याकरले तीन...
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • प्रधानमन्त्री ओलीले लगाए बुवाको हातबाट टीका
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले बुवाको हातबाट टीका लगाएका हुन् ।
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • नोबेल शान्ति पुरस्कार पाउने जापानी संस्था निहोन हिडान्क्योले के गर्छ ?
    काठमाडौँ । यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था निहोन हिडान्क्योलाई प्रदान गरिएको छ । यस संस्थालाई यो सम्मान विश्वमा आणविक हतियार विरुद्धको अभियानका लागि दिइएको हो । यो संगठनमा दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा भएको आणविक हमलाबाट बाँचेका व्यक्तिहरू समावेश छन् । यीनलाई हिबाकुशा भनिन्छ, निहोन हिडान्क्यो संगठन मार्फत संसारभरि आफ्नो पीडा र पीडादायी […]
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • एक्सबाट कमाउने तरिका फेरियो
    काठमाडौं । सामाजिक सञ्जाल एक्सले क्रियेटरहरूलाई पैसा दिने तरिकामा परिवर्तन भएको छ । हालै एक्सले क्रियटरसँगको आम्दानी वितरण गर्ने नीतिमा परिवर्तन गर्दै यस्तो व्यवस्था गरेको हो ।  “अब तपाईंको पोस्टमा देखिएका विज्ञापनले तपाईंको आम्दानीमा असर गर्नेछैन । बरु प्रिमियम युजरहरूले तपाईंको कन्टेन्टमा गरेको संलग्नताका आधारमा रकम दिइनेछ । जब तपाईंका फलोअरहरूले एक्स प्रिमियम सब्सक्राइब...
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • जसलाई दशैंले छोएन
    काठमाडौं । न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शिरमा बाक्लो टोपी अनि काँधमा झुन्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, “बिहानदेखि दशैंको खर्च जोहो गरौं भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।” अलिक परको टुँडिखेलमा दशैंको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै थिए । […]
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • वडाध्यक्षलाई कावा मेयर दिएर बेलायत उड्दै हर्क साम्पाङ, उपमेयरको असन्तुष्टि
    धरान । बेलायत भ्रमणमा जान लागेका धरानका मेयर हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएपनि उपमेयर रिसाएका छन् । चर्चा र विवादमा आइरहने मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । उनले बुधवार असोज २८ गतेबाट लागूहुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उपमेयर बिच्किएका हुन् […]
    Read More
    0 Comments 0 Shares 2 Views 0 Reviews
  • चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ
    काठमाडौं । साल्टट्रेडिङ कर्पोरेसनले तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा बुधबार कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगन्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ । कर्पोरेसनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने […]
    Read More
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • यी हुन् नवरात्रीमा पूजा गरिने ९ देवी, कसको गुण के हो ?
    दशैं दुईवटा हुन्छन् । चैत्र महिनामा पर्ने दशैंको नवरात्रीलाई चैते नवरात्री भनिन्छ । असोज वा कात्तिक महिनमा पर्ने नवरात्रीलाई शारदीय नवरात्री भनिन्छ । दशैंको दशौं दिन अर्थात् विजयादशी टीकाको अघिका ९ दिनलाई नवरात्री भनिन्छ ।
    Read More
    0 Comments 0 Shares 1 Views 0 Reviews
  • दशैं बिदामा गितार सिक्न चाहनुहुन्छ ? यी युट्युब च्यानल हेर्नुहोस्
    काठमाडौं । चाडबाडको छुट्टी भएता पनि दशैं बिदा लामै हुने गर्छ । पारिवारिक भेटघाट बाहेक तपाईंले यो समयमा आफ्नो लागि समय छुट्ट्याउन सक्नुहुन्छ । कुनै नयाँ सीप सिक्न सक्नुहुन्छ । ती मध्ये बिदामा गितार बजाउन सिक्नु एउटा राम्रो विकल्प हो । यदि तपाईंसँग गितार छ, तर बजाउन आउँदैन भने चिन्ता लिनु पर्दैन । किनकि युट्युबमा सजिलै गितार बजाउन सिकाउने भिडिओ पाउन सकिन्छ । त्यसमाथि नेपाली गितारवादकहरूले पनि...
    Read More
    0 Comments 0 Shares 0 Views 0 Reviews
  • यसपालीको दशैंको दक्षिणा प्रविधिमा खर्च गर्ने कि ?
      काठमाडौं । नेपालीहरूको महान् चाड दशैं आइसकेको छ । दशैंमा ठूलाबाट आशिर्वादसहित दक्षिणा (पैसा) पनि पाइन्छ । पहिले दक्षिणालाई नयाँ लुगा, मिठो खानेकुरा वा अन्य व्यक्तिगत आवश्यकता पूरा गर्न प्रयोग गरिन्थ्यो । तर, अहिलेको डिजिटल युगमा आफ्नो दक्षिणालाई प्रविधिसम्बन्धी विभिन्न काममा खर्च गर्न सकिन्छ । त्यसो गर्दा व्यावसायिक, सिर्जनात्मक र शैक्षिक पक्षमा फाइदा नै पुग्छ । आज हामी दशैंको...
    Read More
    0 Comments 0 Shares 2 Views 0 Reviews
  • रोल्पामा जीप दुर्घटना, एक जनाको मृत्यु
    रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको हो। रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दस बजेतिर दुर्घटनामा परेको थियो । […]
    Read More
    0 Comments 0 Shares 1 Views 0 Reviews
More Stories