गंगा देवी उप्रेती
चीनको गे्रटवालले पनि छेक्न सकेन
इटालीको पिसाको लेनिङ्ग टावरले पनि सोच्न सकेन
न्युयोर्कको वल्ड टे्रडसेन्टरले पनि बुझ्न सकेन
फ्रान्सको आइफल टावरले पनि देख्न सकेन ।
हजारौं वर्षको मानव इतिहासलाई
गल्याम गुर्लम ढालेर
कोरोनाले आफनो युग बनाएको छ ।
मान्छेको लासको चिहान माथि टेकेर
सामाज्यवादी अदृश्य भाइरस कुना कुना दौडिरहेको छ ।
नासाका वैज्ञानिकको चमत्कारलाई
नराम्ररी झापढ हानेको छ
नोवल पुरस्कार विजेताहरुलाई
अहिले पुरस्कारनै भारि भएको छ ।
संसारका हिरोहरुलाई मुसो बनाउदै ।
दुलो पस्न वाध्य वनाएको छ
उडने देखि गुडने सम्मलाई
एकै ठाउँमा थचारेको छ ।
कस्तो अजिव जिवाणु
कुनै बंगालको खाडीले डुबाउन नसक्ने
कुनै ठुला महासागरले बगाउन नसक्ने
कुनै हूर्रीकेनले उढाउन नसक्ने
कुनै किमो औषधिले डढाउन नसक्ने ।
संसारको यस्तो विषम परिस्थतिमा
जहाँ आफन्तको अन्तिम श्रद्धान्जलीमा
मुख छोप्न बाध्य बनाएको छ
ति निर्दोष अरुको सेवा गर्ने योद्धाहरुलाई
छानी छानी आफनो सिकार बनाएको छ ।
हामी पटक पटक त्रासमा बाँचि रहेको परिस्थितिमा
आमा,हामीलाई तिम्रो हिम्मत र साहस चाहिएको छ
हाम्रो त्रास मेटाउन तिम्रो न्यानो काख चाहिएको छ ।
संसारका मानवहरुको बुद्धि र विवेक प्रयोग गर्नु छ
तिम्रो भावि सन्ततिलाई जोगाउन
कोरोना युगलाई पल्टाउनु छ पल्टाउनु छ ।