काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने उनले बताए।