काठमाडौं । दशैं अवधिभर टाटाका विद्युतीय गाडी निःशुल्क चार्ज गर्न सकिने भएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदीले यस्तो सुविधा ल्याएको जानकारी दिएको हो ।  यस अन्तर्गत यात्राका क्रममा भेटिने सिप्रदीको डीसी फास्ट चार्जर निःशुल्क प्रयोग गर्न सकिनेछ । कम्पनीले डीसी चार्जर भैरहवा, बिर्तामोड, चितवन, चुम्लिङटार, भालुवाङ, ढल्केबार, राजपुर, धार्के, दुधौली, हेटौडामा उपलब्ध गराएको छ । त्यसैगरी काठमाडौं, खाडीचौर, लाहन, ललितपुर, मुलकोट, नेपालगञ्ज, पोखरा र सिमरामा पनि सिप्रदीको डीसी ...