काठमाडौं । अर्बपति उद्यमी एलन मस्कले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेका छन् । बिहीबार क्यालिफोर्नियाको बरब्याङ्कमा एक कार्यक्रम आयोजना गर्दै मस्कले टेस्लाको बहुप्रतिक्षित रोबो ट्याक्सी ‘साइबर क्याब’ सार्वजनिक गरेका हुन् । यो गाडी ल्याउने घोषणा गरेपछि मस्कले कैयौं पकट सार्वजनिक गर्ने मिति सारे । अन्ततः लामो समयको प्रतीक्षापछि उनले रोबो ट्याक्सीको प्रोटोटाइप सार्वजनिक गरेका हुन् ।  यो रोबो ट्याक्सी पूर्ण रूपमा स्वचालित भएको जनाइएको छ । यसमा स्टेरिङ ह्विल वा पेडल्स केही पनि छैन । त्यसैले प्रडक्सनमा जानुअघि यसका लाग...