काठमाडौं । सामाजिक सञ्जालमा अभ्यस्त भइरहँदा तपाईंले पक्कै पनि नकारात्मक कमेन्ट वा भनौं गाली गरेको पक्कै देख्नु भएकै होला । वा, सम्भवतः कहिलेकाहीं तपाईं आफैले पनि नकारात्मक लेखिरहनु भएको हुन सक्छ । खासगरी सार्वजनिक व्यक्तित्व, विवादित व्यक्तित्व, राजनीतिज्ञ आदिको पोस्टमा बढी नकारात्मक कमेन्ट र गालीको वर्षा नै हुन्छ । आखिर मान्छेले सामाजिक सञ्जालमा किन नकारात्मक टिप्पणी गर्छन् ? यसको पछाडिको मनोवैज्ञानिक कारण के हो ? काठमाडौं विश्वविद्याल, अङ्ग्रेजी विभागका प्राध्यापक डा. सिद्धार्थ ढुङ्गानाका अनुसार सामाजिक सञ्जालमा मान्छे विभिन्न का...