साउन १६ , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा  हरेक नेपाली महिनाको १५ गते हुने कार्यक्रममा हिजो सोन १५ गते धन बहादुर गुरुङ्गको प्रस्तुतीमा सहनाई बादन प्रस्तुत गरिएको छ । 
राग जोगमा आधारित सहनाई बादनमा कलाकार धन गुरुङ्गलाई तबलामा अनन्त प्रजापतिले साथ दिनु भएको थियो । 


कार्यक्रमका प्रमुख अतिथी प्रसिद्ध देउडा गायक नन्दकृष्ण जोशीले कलाकारहरुलाई सम्मान गर्नु भएको थियो ।


यसैगरी बिशिष्ट अतिथी ओली बंश अक्षय कोषका अध्यक्ष केशवमणि ओलीले बरिष्ठ सितार बादक डा.ध्रुबेश चन्द्र रेग्मीलाई प्रतिष्ठानको तर्फबाट सम्मान गर्नु भएको थियो । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथी नन्दकृष्ण जोशीले जीवन संगीत रहेकाले हामी सवैले संगीतको जर्गेना गर्नु पने बताउनु भयो । 


शास्त्रीय संगीतलाई जीवित राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको १५ गते गौरीघाटस्थित आफनै प्रतिष्ठानमा विगत २५   महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।