काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले हिजो सदनमा अमरेश कुमार सिंहले गरेको विरोध विषयमा मुख खोलेका छन् । हिजोको प्रतिनिधि सभा बैठकमा अमरेशले कपडा फुकालेर विरोध गरेका थिए । अमरेशले बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् ।
यता मेयर साम्पाङले बोल्नको लागि समय माग्दा समय मिलाएर दिन परो भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,' सबै भन्दा ठूलो अन्याय त संसद भवन भित्र पो हुँदो र छ त । ऊ बोल्नको लागि समय माग्दा पनि शर्ट खोल्नु पर्ने ! समय मिलाएर दिन परो नत्र कुनै दिन कट्टु नै खोल्ने घटना देख्नुपर्छ भन्ने हामलाई लागि रहेको छ !'
सभामुख देवराज घिमिरेले विशेष समयको व्यवस्था नभएको बताएसँगै अमरेशले कपडा खेलेका थिए । सभामुखले बोल्न समय नदिएपछि उनले कपडा खोलेर आपत्ति जनाएका थिए ।