मनमा केही गर्छु भन्ने अठोट, आफैंमा आत्मविश्वास अनि साहस हुने हो भने जुनसुकै काममा सफलता हातपार्न मानिसको शारिरीक अशक्तता बाधक बन्दैन। हो त्यही कुराको उदाहरण बनेका छन् दुई भातृद्वय तीर्थ पौडेल अनि नारायण पौडेल ।
ओदालगडी जिलाको रौता फुहुराबारी निवासी एउटै घरका दुई दाजुभाइले केही दिनअघि घोषित असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरेका छन्। जस्को लागि शारिरीक अशक्तता केही बाधक बनेन र उहाँहरु अरुको लागि पनि आदर्श बनेका छन्। दुबैले वर्तमान तेजपुर मेडिकल कलेजमा नियुक्ति पाएका छन्। तपाईंहरूको जानकारीको लागि बताऊ की यस अघि जेष्ठ भातृ तीर्थ पौडेल मन्दिरको पुजारी गर्दथेँ भनी अर्कातिर भाई नारायण पौडेल व्यक्तिगत खण्डको विद्यालयमा कम्प्युटर अपरेटर को रूपमा कर्मरत थिए ।