काठमाडौं । हाम्रो दैनिकी अनलाइनमा यति धेरै अभ्यस्त भइसकेको छ कि इन्टरनेट नहुँदा धेरै काम रोकिन्छन् । एउटा शाश्वत सत्य, कुनै पनि कुरा जति धेरै प्रचलनमा आउँछ, त्यसलाई लिएर चुनौती र जोखिम बढ्दै जान्छन् । यही कुराको फाइदा उठाउँदै अनलाइनमार्फत तपाईंको अकाउन्ट ह्याक गर्ने, अनलाइन डेटा चोरी गर्ने तथा अनलाइनमा भएको बैंक खातामा पहुँच पुर्‍याउने, सामाजिक सञ्जाल अकाउन्ट प्रयोग गरेर ठगी गर्ने जस्ता प्रवृत्ति विश्वभर बढ्दै गइरहेका छन् ।  जति जति प्रविधि विकसित हुँदै गइरहेको छ, त्यति नै चुनौती बढ्दै छन् । यस्तोमा तपाई...