काठमाडौं । नेपालीहरूको महान् चाड दशैं आइसकेको छ । दशैंमा ठूलाबाट आशिर्वादसहित दक्षिणा (पैसा) पनि पाइन्छ । पहिले दक्षिणालाई नयाँ लुगा, मिठो खानेकुरा वा अन्य व्यक्तिगत आवश्यकता पूरा गर्न प्रयोग गरिन्थ्यो । तर, अहिलेको डिजिटल युगमा आफ्नो दक्षिणालाई प्रविधिसम्बन्धी विभिन्न काममा खर्च गर्न सकिन्छ । त्यसो गर्दा व्यावसायिक, सिर्जनात्मक र शैक्षिक पक्षमा फाइदा नै पुग्छ । आज हामी दशैंको दक्षिणालाई लगानी गर्न सकिने केही प्रविधि सम्बन्धी विकल्पबारे चर्चा गर्ने छौं: क्यान्भा प्रो (Canva Pro) यदि तपाईं डिजाइनिङमा रुचि र...