काठमाडौं । चाडबाडको छुट्टी भएता पनि दशैं बिदा लामै हुने गर्छ । पारिवारिक भेटघाट बाहेक तपाईंले यो समयमा आफ्नो लागि समय छुट्ट्याउन सक्नुहुन्छ । कुनै नयाँ सीप सिक्न सक्नुहुन्छ । ती मध्ये बिदामा गितार बजाउन सिक्नु एउटा राम्रो विकल्प हो । यदि तपाईंसँग गितार छ, तर बजाउन आउँदैन भने चिन्ता लिनु पर्दैन । किनकि युट्युबमा सजिलै गितार बजाउन सिकाउने भिडिओ पाउन सकिन्छ । त्यसमाथि नेपाली गितारवादकहरूले पनि यस प्रकारको भिडिओ हाल्ने गरेका छन् । सामान्य: गुगल सर्च गर्ने हो भने धेरैले यस प्रकारको भिडिओ युट्युबमा अपलोड गरेको भेट्टाउन सकि...