काठमाडौं । अर्बपति उद्यमी एलन मस्कको सम्पत्ति एकै रातमा १५ अर्ब डलर (करिब २० खर्ब १३ अर्ब रुपैयाँ) ले घटेको छ । बिहीबार मस्कले सार्वजनिक गरेको बहुप्रतिक्षित स्वचालित ट्याक्सीको प्रोटोटाइपले लगानीकर्ता आकर्षित गर्न नसकेपछि टेस्लाको शेयरमा गिरावट आएको हो ।  जसको परिणाम एक रातमै मस्कले १५ अर्ब डलर भन्दा बढी गुमाएका हुन् । बिहीबार लस एन्जलसमा टेस्लाले रोबो ट्याक्सी इभेन्ट आयोजना गरेको थियो । त्यस कार्यक्रममा मस्कले बहुप्रतिक्षित साइबर क्याब (रोबो ट्याक्सी) र रोबोभ्यान (स्वचालित भ्यान) को प्रोटोटाइप सार्वजनिक गरेका थि...