काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको संसदका प्रतिपक्षी दलहरूको बैठक जारी रहेको छ। प्रचण्डले समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि बैठक बोलाइएको बताइएको छ। बैठकमा माओवादी केन्द्रसहित रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायत सहभागी रहेका छन् ।