काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मिति नजिकिएसँगै त्यसका लागि आवश्यक तयारी तीव्रता दिएको छ । गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनमार्फत् पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी अघि बढाएको हो। व्यवस्थापकीय, प्राविधिक र समन्वयको कार्यलाई तीव्र बनाएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार […]