Inspirational: केहि समय अगाडी डा. सन्दुक रुइत र उनको टिमले अफ्रिकन मुलुकहरु घाना र इथोपियामा गरेको आँखा शिविरबाट त्यहाँका एक हजार जना दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार पश्चात प्रष्टसंग संसार हेर्न पाएका थिए अर्थात आँखाको ज्योति पाउँन सफल भएका थिए। ति भाग्यमानीहरु मध्य धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको साथै चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दु:ख पाएका थिए तर डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जत्तिकै भएको थियो। एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा. सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा. रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा. सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरिदिए। ❤️

Story. Mayjan Namdung
Inspirational: केहि समय अगाडी डा. सन्दुक रुइत र उनको टिमले अफ्रिकन मुलुकहरु घाना र इथोपियामा गरेको आँखा शिविरबाट त्यहाँका एक हजार जना दृष्टिविहीनहरुको मोतियाबिन्दुको सफल उपचार पश्चात प्रष्टसंग संसार हेर्न पाएका थिए अर्थात आँखाको ज्योति पाउँन सफल भएका थिए। ति भाग्यमानीहरु मध्य धेरै जनाको अत्यन्तै नाजुक अवस्था रहेको साथै चरम गरीबी र पहुँच अभावका कारण आँखाको उपचार गर्न नपाएर धेरै दु:ख पाएका थिए तर डा. सन्दुक रुइत र उनको टिम त्यहाँ पुग्दा भगवान आएर आँखाको ज्योति बरदान दिएको जत्तिकै भएको थियो। एक व्यक्तिको आखाँ उपचार गर्न करिव ७ मिनेट मात्रै लागेको थियो ति एक हजार जनाले आँखाको ज्योती पाउँदा त्यहाँ हर्षउल्लास भएको थियो। यो भाव दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुइत लगायत सबैका आँखा रसाएका थिए। उनिहरुको भाषा नबुझिएता पनि आफ्नै स्थानीय भाषामा डा. सन्दुक रुइत प्रति कृतज्ञता तथा नमन गरिएका थिए। डा. रुइतले त्यहाँ मान्छेको आँखाको उपचार गरे संगै स्थानीय डाक्टरहरुलाई सरल र राम्रोसंग आँखाको शल्याक्रिया गर्ने प्रशिक्षण समेत दिएका थिए। डा. सन्दुक रुइतले त्यहाँका एक हजार जनालाई आँखाको ज्योति दिने कार्य गरे संगै घाना र इथोपियाका जनता र देशले नेपाललाई हेर्ने दृष्टिकोण समेत परिवर्तन गरिदिए। ❤️ Story. Mayjan Namdung
Love
1
1 टिप्पणीहरू 0 सेयरहरू 3115 हेराइको संख्याहरू 0 Reviews