लेखनाथ पौड्याल – नैतिक दृष्टान्त

बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।

गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।

दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।

कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।

छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।

ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक ।
गरदैन कुनै सोझो ग्रहको पूजना–दिक ।।

टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महा–त्मा जुन्किरीसित ।।

सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।

मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।।

जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मैघ उसैको हुन्छ घर्घर ।।

हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।।

गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।

योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।।

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।

मेटिंदैन कसैबाट आफनू कर्मपद्धति ।
बनवासी बने राम चौधै भुवनका पति ।।

धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।।

सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?

सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।

मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।
लेखनाथ पौड्याल – नैतिक दृष्टान्त बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। दबिन्छ गुणिको दोष गुणका राशिमा परी । रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। कसैको लोकमा छैन एकैनास समुन्नति । अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।। छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ । उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।। ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक । गरदैन कुनै सोझो ग्रहको पूजना–दिक ।। टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित । बोलने को अँध्यारोमा महा–त्मा जुन्किरीसित ।। सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति । घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।। मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा । एकता हेर कस्तो छ मौरीको महमा सदा ।। जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर । जो हो नवर्षने मैघ उसैको हुन्छ घर्घर ।। हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक । कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।। गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी । कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।। योग्य स्थानविषे मान सानाले पनि पाउँछ । कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।। उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।। मेटिंदैन कसैबाट आफनू कर्मपद्धति । बनवासी बने राम चौधै भुवनका पति ।। धर्म हो धीरको धैर्य राखनू दु:खजालमा । मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।। सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन । रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ? सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस । श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।। मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ । दूधपान गरी सर्प खालि विष बहाउँछ ।।
Like
1
0 Comentários 0 Compartilhamentos 807 Visualizações 0 Anterior