एक चिन्तन आसुरी, तामसी भाव विश्व्यापी भए पछि
धर्मको नाममा सारा काटमार भए पछि
सृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछि
ज्ञान-विज्ञान आफैमा विपरित भए पछि
परास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ !
ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ?
युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमा
कखरा युगका नव्य बर्णमाला नयाँनयाँ
देखाएर , चिनाएर सत्यधर्म सनातन
मान्छे आफैं अहं ब्रह्म शान्त, शालीन, उत्तम...
0 aandelen
7173 Views
0 voorbeeld