"NepalUpdates: Your Gateway to Global News"

Dive into the world of news and stories from Nepal and beyond with NepalUpdates. We're your trusted source for the latest updates, ensuring you stay connected with the world. Explore a diverse range of topics and stay informed with NepalUpdates. 🌏📰🇳🇵
Basisinformation
  • GOTRA (गोत्र)
    I don’t have Gotra:
  • Choose Your Interest
     Politics
  • Your Sanatan Dharma
    Hinduism (हिन्दू धर्म)
  • Mothers Tongue (मातृभाषा)
    Nepali
  • Other language (अन्य भाषा)
    English
Jüngste Beiträge
  • अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा धन बहादुर गुरुङ्गको सहनाई वादन
    साउन १६ , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा  हरेक नेपाली महिनाको १५ गते हुने कार्यक्रममा हिजो सोन १५ गते धन बहादुर गुरुङ्गको प्रस्तुतीमा सहनाई बादन प्रस्तुत गरिएको छ । राग जोगमा आधारित सहनाई बादनमा कलाकार धन गुरुङ्गलाई तबलामा अनन्त प्रजापतिले साथ दिनु भएको थियो ।  कार्यक्रमका प्रमुख अतिथी प्रसिद्ध देउडा गायक नन्दकृष्ण जोशीले कलाकारहरुलाई सम्मान गर्नु भएको थियो ।...
    0 Kommentare 0 Anteile 4797 Ansichten 0 Vorschau
  • THAHAKHABAR.COM
    इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा प्रवेश
    काठमाडौं : इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो। शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए। अन्य सबै स्विस खेलाडीले भने आफ्नो पेनाल्टीमा सफल प्रहार गरे। इङ्ल्यान्डका कुनै खेलाडीले पनि गल्ती गरेनन्। त्यसअघि निर्धारित समस्...
    0 Kommentare 0 Anteile 1174 Ansichten 0 Vorschau
  • THAHAKHABAR.COM
    बाढी पहिरोमा परी ९ जनाको मृत्यु, ७ बेपत्ता
    काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ। अन्य सात जना बेपत्ता छन्। यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ। शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र का...
    0 Kommentare 0 Anteile 1216 Ansichten 0 Vorschau
  • EKANTIPUR.COM
    सन् १९८५ मा आजकै दिन : कान्छो उमेरमा विम्बल्डन उपाधि
    सन् १९८५ मा आजकै दिन (जुलाई ७) मा बोरिस बेकरले कान्छो उमेरमा विश्वकै सबैभन्दा प्रतिष्ठित टेनिस प्रतियोगिता विम्बल्डनको पुरुष एकल उपाधि जित्ने कीर्तिमान बनाएका थिए । उनले यो उपाधि १७ वर्षको उमेर जितेका हुन् ।
    0 Kommentare 0 Anteile 1162 Ansichten 0 Vorschau
  • EKANTIPUR.COM
    सर्वोच्चको आदेशपछि पूर्वन्यायाधीशहरूको सुझाव : ‘विवेक र नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ’
    सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अनुसन्धानमा प्रभाव पारेको ठहर मात्र होइन, अब निर्धक्क र निष्पक्ष अनुसन्धान गर्न उनका नाममा परमादेश जारी गर्ने विषयमा सर्वोच्च अदालतको संयुक्त इजलासको साझा राय सार्वजनिक हुँदा पनि उनले थाहा नपाएजस्तै गरेका छन् । उनलाई पदमुक्त गर्ने विषयमा राय बाझिए पनि इजलासले यो उनको विवेक र नैतिकताको विषय भनेर प्रस्ट पारेको छ । तर उनले नैतिकता र विवेक नदेखाएको भन्दै पूर्वन्यायाधीश र कानुनविद्हरूले निराशा व्यक्त गरेका छन् ।
    0 Kommentare 0 Anteile 1168 Ansichten 0 Vorschau
  • WWW.ONLINEKHABAR.COM
    एमाले संसदीय दलको बैठक बस्दै, रास्वपाको स्थगित
    २२ असार, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो । एमाले संसदीय दलको बैठक आइतबार बिहान …
    0 Kommentare 0 Anteile 1137 Ansichten 0 Vorschau
  • WWW.ONLINEKHABAR.COM
    मेलम्चीको बाढीले बेलीब्रिज जोखिममा
    २३ असार, सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ । विसं २०७८ साउन १७ गते लेदोसहित आएको …
    0 Kommentare 0 Anteile 1158 Ansichten 0 Vorschau
  • EKANTIPUR.COM
    युरो २०२४ : सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्ने
    आयोजक जर्मनी युरो २०२४ बाट शुक्रबार बाहिरिएको छ । स्पेनले अन्तिम आठको खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । अब अन्तिम चारमा स्पेनको सामना फ्रान्ससँग हुनेछ । फ्रान्सले अर्को अन्तिम आठको खेलमा पोर्चुगललाई टाइब्रेकरमा ५–३ ले हरायो ।
    0 Kommentare 0 Anteile 1134 Ansichten 0 Vorschau
  • EKANTIPUR.COM
    सन् १९४६ मा आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति बुसको जन्म
    सन् १९४६ मा आजकै दिन (जुलाई ६) मा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको जन्म भएको थियो । उनी अमेरिकाका ४३ औं राष्ट्रपति हुन् । बुसले २००१ जनवरी २० देखि २००९ जनवरी २० सम्म दुई कार्यकाल राष्ट्रपतिको पद सम्हालेका थिए ।
    Love
    1
    0 Kommentare 0 Anteile 1119 Ansichten 0 Vorschau
  • EKANTIPUR.COM
    प्रधानमन्त्रीको पक्षमा अब ६३ मत, २८ गते विश्वासको मत लिने
    दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ मा पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस–एमाले दुवैले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे पनि त्यसलाई अटेर गर्दै दाहालले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मत लिन चाहेका हुन् ।
    0 Kommentare 0 Anteile 1132 Ansichten 0 Vorschau
  • EKANTIPUR.COM
    सँगै रुस गएका दाइ मारिए, भाइ दुई महिनादेखि अस्पतालमा
    काठमाडौंमा घर, कञ्चनपुरको वेदकोटमा पनि घरजग्गा छ । एक छोरा, एक छोरी र श्रीमतीसँगै काठमाडौंमै बस्थे वेदकोट नगरपालिका–९ सुन्दरपुरका ४३ वर्षीय विराजन विष्ट । १० वर्ष नेपाली सेनामा काम गरेका उनी जागिर छाडेर रोजगारीका लागि सिंगापुर, यूएई पुगिसकेका थिए । उनका ३९ वर्षीय भाइ नीराजनले पनि गाउँमा पसल चलाउँदै एउटा बस पनि किनेका थिए ।
    Like
    1
    0 Kommentare 0 Anteile 1113 Ansichten 0 Vorschau
  • THAHAKHABAR.COM
    सुडानमा लडाइँबाट भाग्दै गर्दा डुबेर २५ जनाको मृत्यु
    सुडानको दक्षिणपूर्वमा सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको छ। ‘दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका छन्’ स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ। गत वर्ष सेना र अर्धसैनिक र् यापिड फोर्स (आरएसएफ) बीच युद्ध शुरु भएपछि प्रजातन्त्र समर्थक प्रदर्शन गर्ने र अग्रपङ्क्तिमा सहायता समन्वय गर्ने सुडानभरका सयौँ समितिमध्ये यो समिति एक हो। पाँच ल...
    0 Kommentare 0 Anteile 1068 Ansichten 0 Vorschau
  • EKANTIPUR.COM
    सहकारी ठगीमा अनुसन्धान प्रभावित नगर्न गृहमन्त्रीका नाममा परमादेश जारी हुनेमा सर्वोच्चको इजलास एकमत
    सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी अनुसन्धान हुनुपर्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ गरिरहेको इजलास एकमत भएको छ । आफ्ना मातहतका अनुसन्धान निकाय (प्रहरी) लाई सहकारी ठगीमा जाहेरी/सूचना/प्रतिवेदनमा निर्धक्क, निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न दिनू, दिलाउनू भनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीका नाममा परमादेश जारी गर्ने रायमा पनि न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदी एकमत भएका छन् ।
    0 Kommentare 0 Anteile 1098 Ansichten 0 Vorschau
  • WWW.ONLINEKHABAR.COM
    सीडीओहरुलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन
    २१ असार, काठमाडौं । गृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह …
    0 Kommentare 0 Anteile 1107 Ansichten 0 Vorschau
  • WWW.ONLINEKHABAR.COM
    थप तीन दिन मनसुन सक्रिय हुँदा ३० जिल्ला ‘रेड जोन’मा
    २१ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० …
    0 Kommentare 0 Anteile 1102 Ansichten 0 Vorschau
  • THAHAKHABAR.COM
    बेलायतमा आज आम निर्वाचन
    काठमाडौं : बेलायत आज आम निर्वाचन हुँदै छ। आज हुने यी निर्वाचनमा मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच हुने अनुमान गरिएको छ। निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ। बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउनेछन्। बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा हुनेछन्। प्रधानमन्त्री सुनकले गत मे २२ मा जुलाई ४ लाई ...
    0 Kommentare 0 Anteile 1123 Ansichten 0 Vorschau
  • THAHAKHABAR.COM
    राजीनामा दिने ‘मुड’मा प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजीनामा दिने ‘मुड’मा पुगेका छन्। आफूलाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेल्ने नेकपा एमालेले नै सरकारको समर्थन फिर्ता लिएर मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि अब विश्वासको मतका लागि कुर्ने कि राजीनामा दिनेबारेमा उनी आफू निकटस्थ नेता र कानूनविद्सँग परामर्शमा रहेको स्रोतको दाबी छ। प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेरै राजीनामा दिने तयारी गरे पनि प्रतिनिधि सभाको बैठक आइतबार मात्रै बोलाइएको छ। यद्यपि माओवादीको पदाधिकारी बैठकले ...
    0 Kommentare 0 Anteile 1094 Ansichten 0 Vorschau
  • EKANTIPUR.COM
    सन् १९४६ मा आजकै दिन : फिलिपिन्स स्वतन्त्र
    सन् १९४६ मा आजकै दिन (जुलाई ४) मा फिलिपिन्सले स्वतन्त्रता प्राप्त गरेको थियो । अमेरिकाबाट स्वतन्त्र भएसँगै मानुएल रोक्सस गणतन्त्र फिलिपिन्सको राष्ट्रपति बनेका थिए ।
    0 Kommentare 0 Anteile 1119 Ansichten 0 Vorschau
Mehr Artikel