काठमाडौं । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लम्साललाई अर्चलबाेटस्थित ससुराली घरबाट पक्राउ गरिएको हो । उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पाैडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल लगायतका केही व्यक्ति थुनामै छन् ।